Wednesday, May 13, 2020

गजल
उता इतिहास लेखियो रे संधियारको सीमा मिचेर ।
यता ईतिहास लेखियो रे सिमानाको तस्बिर खिचेर ।

घर मुलीले घर खेत सँधियार लाई नै बेचिदिए पछि
आज सन्तान हिँडेको छ दुवै हातमा कचौरा लिएर ।


धारो, आंगन, पाखो, जडिबुटी अब संधियार कै हो
छोरोले नसोधी पानी खाने आँट गर्दैन धारो खोलेर ।

घर मुलि धेरै पटक फेरिए घर उस्तै रह्यो आज पनि
घर मुली किन सुध्रिन्थ्यो र उसका सन्तान रोएर ।

कुम्भकर्ण जस्तै मज्जाले निदाएको छ घर मुली अझ
कस्तो निदाएको होला आफूलाई जन्माउने आमा बेचेर ।
✍️भुइँ मान्छे

No comments:

Post a Comment