Sunday, May 3, 2020

                            गजल
यौटा पागल प्रेमी दिनै नसकेर प्रेम पत्र कूवाउँछ।
त्यसैले त रक्सी पिएपछि अनेक थरी सुनाउँछ ।

आमाको पसिना बेचेको पैसाले सहर पढेको छोरो
आज घर जाँदा आमाको शरीर गोबर गनाउँछ ।

प्रिय तिम्रा लागि तारा झार्छु भनी फकाउने ले
ओ हो म पनि हेरौला तारालाई के ले हिर्काउँछ ।

उनी उसको मुटुमा आफ्नु तस्बिर हेर्न चाहन्छिन्
ऊ हनुमान हैन कसरी छाती चिरेर देखाउँछ ।

No comments:

Post a Comment