गजल
जीवन मा सधैं सधैं एउटै मान्छे खास हुँदैन ।
माया गरेको मान्छे पनि हरक्षण पास हुँदैन ।
आज मलाई छाडि अर्कै सँग रमाउँदै मा ।
नसोच्नु तिम्ले उसको मायाको अबकास हुँदैन ।
अब यहाँ जिउँदा हरुको के नै आस राख्नु र खै
विश्वास तेसैको टिकिरहेको छ जसको श्वास हुँदैन ।
लासको थुप्रोमा महल बनाउने ले किन बुझ्दैन
मृत्यु पछी त्यो महलमा मेरो नि त बास हुँदैन ।
-सरोज फुयाल
No comments:
Post a Comment