Thursday, April 30, 2020

गजल
तपाईं पनि खै के के थरी कुरा देखाउनु हुन्छ ।
खाउँ आउनुस् भन्दै भरी सिसी सुरा देखाउनु हुन्छ ।

यहां देश नै लुटी सकियो स्वार्थ को राजनीतिले
तपाईं सहमति भयो भन्दै खबर अपुरा देखाउनु हुन्छ ।

अरे यार बगैंचाको रातो फूल त्यो बटुवाले चुसेथ्यो
तपाईं  हरेक पटक दोषी किन भमरा देखाउनु हुन्छ ।

मस्त बंगला गाडी आइफोन टन्नै थ्यो त तपाईं संग
तर राहत लिन आफूलाई बेसाहारा देखाउनु हुन्छ ।
                                सरोज फुयाल

Wednesday, April 29, 2020

                     गजल
बा साच्चै नै बा जस्तै लाग्छ उमेर ढल्के पछि ।
जन्म दिनमा निकै मुठ्ठा मैन बत्ती सल्के पछि ।

आमा नहुँदा बा ले कहिलै काँचो खुवाउनु भएन
बा आमा जस्तै लाग्छ पेटको खाना सक्के पछि ।

साच्चै बा का दारी कपाल यस्ता थिएनन् पहिला
यस्तो लाग्छ पुरानो बा टक्क आँखामा चम्के पछि ।

बा आफैँ डाँडा पारिको घाम हुन लागि सक्नु भयो
अझै मेरै पिर गर्नु हुन्छ म घर बाट कतै निस्के पछि ।

बा ले घरलाई कहिलै अस्ताउन दिनु भएको छैन
जसरी उज्यालो दिन्छ बिहानी सुर्य झुल्के पछि।

Wednesday, April 15, 2020

                                           गजल

आउनुस् बाँकि के नै राख्नु भयो र अव लास सँग राजनिति गर्नुस ।
खान नपाएर छटपटाई रहेको एक मुठ्ठी सास सँग राजनिति गर्नुस ।

तपाईँ मज्जाले चौरासी ब्यन्जन सहिल अधाउनु भएको भए हजुर 
आउनुस् गरिव निमुखाको दुई छाक गाँस सँग राजनिति गर्नुस ।

तपाईँ एक्लै हुनु भयो पार्टी खोल्नुस अध्यक्ष पड्काउनु पर्छ अव
देश भक्त सँग कुरा मिल्दैन मिल्नुस वदमास सँग राजनिति गर्नुस ।

ए तपाईँले त चुनाव लड्नु होला जित्नु होला गफ त राम्रै दिनु हुन्छ
जितेर के नै गर्नुहोला र हजुर जनताको विश्वास सँग राजनिती गर्नुस् ।
                                                               -भुँई मान्छे






Monday, April 13, 2020

                                        गजल

ति तिम्रा पुराना तस्विरहरु पहिला जस्ता थिए अहिले तेस्तै छन् ।
न हलचल गर्छन न बोल्छन लाग्छ आज सम्म पनि ब्यस्तै छन् ।

जुन तारा रहुन्जेल सम्म माया गरी रहन्छु भन्ने थिए तिम्रा बाचा
खै तिमी हराएको धेरै भयो जुन तारा भने आज पनि उस्तै छन् ।

प्रेम मा नडुब्दा वेस भनेर सम्झाउने म सँग साथिहरु निकै थिए
सायद ति साथिहरु प्रेममा डुवेन्न र त आज सम्म पनि मस्तै छन् ।

अरे यार तिम्लाई प्रेम सम्बन्ध सकिएको बर्षौ भए झैँ किन लाग्दैछ 
बाकस खोजेर हेर्नु रगतले कोरिएका प्रेमपत्रहरु आलो रातै छन् ।

                                                                -सरोज फुयाल

 

 




Saturday, April 11, 2020

गजल

जीवन मा सधैं सधैं एउटै मान्छे खास हुँदैन ।
माया गरेको मान्छे पनि हरक्षण  पास हुँदैन ।

आज मलाई छाडि अर्कै सँग रमाउँदै मा ।
नसोच्नु तिम्ले उसको मायाको अबकास हुँदैन ।

अब यहाँ जिउँदा हरुको के नै आस राख्नु  र खै
विश्वास तेसैको टिकिरहेको छ जसको श्वास हुँदैन ।

लासको थुप्रोमा महल बनाउने ले किन बुझ्दैन
मृत्यु पछी त्यो महलमा मेरो  नि त बास हुँदैन ।
                                             -सरोज फुयाल